पाल्पा: पाल्पाको तिनाउ गाउँपालिका–६, मस्यामको चिदिसमा मंगलबार भएको जिप दुर्घटनामा ८ जनाको मृत्यु भएको छ भने १८ जना घाइते भएका छन्।

सदरमुकाम तानसेनको डुम्रेबाट तिनाउ गाउँपालिकास्थित चिदिसतर्फ जाँदै गरेको लु१ज २३७१ नम्बरको जीप दुर्घटनामा परेको हो।

जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक सुगन्ध श्रेष्ठका अनुसार दुर्घटनापछि ८ जना शव घटनास्थलमा भेटिएको छ।

मृत्यु तथा घाइते हुनेहरु स्थानीय चिदिस गाउँका रहेको उद्धारमा खटिएका दिनेश घिमिरेले जानकारी दिए। घटनास्थलमा प्रहरी र स्थानीयले घाइतेहरुलाई लुम्बिनी मेडिकल कलेज प्रभासमा लगिएको छ।

मृतक र घाइतेको पहिचान खुलिसकेको छैन ।

जीप सडकबाट खसेर क्षतिग्रस्त अवस्थामा भेटिएको छ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version