काठमाडौं: पेट्रोल र डिजेलको मूल्य प्रतिलिटर २ रुपैयाँका दरले बढेको छ । नेपाल आयल निगमले शुक्रबार विहान १ बजेदेखि लागू हुनेगरी इन्धनको मूल्यबृद्धि गरेको छ ।

नयाँ मूल्य अनुसार काठडमाडौैं उपत्यकामा शुक्रबार विहानदेखि नै पेट्रोल प्रतिलिटर १७२ रुपैयाँ र डिजेल तथा मट्टितेल १६० रुपैयाँ पर्ने भएको छ । निगमले अहिले उपत्यकामा बिक्री गदै आएको मूल्य पेट्रोल १७० र डिजेल १५६ प्रतिलिटर छ ।

निगमलाई भारतले पठाएको पछिल्लो मूल्य सूची अनुसार पेट्रोलमा १ रुपैयाँ ८३ पैसा र डिजेलमा १ रुपैयाँ ५६ पैसा बढेर आएकोले सोही मूल्यको अनुपातमा निगमले ग्यास बाहेकमा मूल्य बृद्धि गरेको हो । ग्यासमा भने नयाँ मूल्य सूची अनुसार मूल्यबृद्धि भएको छैन् ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version