काठमाडौं: नेपालले आईसीसी विश्वकप लिग–२ अन्तर्गत आफ्नो तेस्रो खेलमा आज नामिवियासँग खेल्दैछ । खेल बिहान ९ : ३० बजे टीयु क्रिकेट मैदानमा कीर्तिपुरमा सुरु हुनेछ ।

नेपाल रोहित पौडेल र नामिविया जेराल्ड इरास्मसको कप्तानीमा मैदान उत्रदैछन् ।

नामिवियाले पहिलो खेलमा नेपाललाई ४ विकेटले हराएको थियो । टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपाल १३२ रनमै अल आउट भएको थियो । नेपालका भीम सार्कीले ४४ रन बनाउन बाहेक अन्य कुनै पनि ब्याटरले राम्रो प्रदर्शन गर्न सकेका थिएनन् । नेपालले बलिङमा कडा प्रतिस्पर्धा गर्दै ३३.१ ओभरमा खेल पुर्याउँदै ६ विकेट लिएको थियो ।

दोस्रो खेलमा नेपालले विश्वकपमा दक्षिण अफ्रिका र बंगलादेशलाई हराएको नेदरल्यान्ड्सलाई ९ विकेटले पराजित गरेको थियो ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version