काठमाडौं: काठमाडौंको थापाथलीस्थित परोपकार स्त्री तथा प्रसूति रोग अस्‍पतालबाट चोरी भएको शिशुको उद्धार भएको छ।

शुक्रबार दिउँसो काभ्रे घर भई काठमाडौं बस्दै आएकी एक महिलाको २६ दिने शिशु प्रसुतिगृहबाट चोरी भएको थियो।

काठमाडौं प्रहरीले मध्यरातमा उक्त शिशुको उद्धार गरेको हो।

काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी कुमोध ढुंगेलका अनुसार प्रहरीले ती शिशुलाई गएराति १२ बजे काठमाडौंको काँडाघारीबाट उद्धार गरेको हो।

शिशु चोरी गर्ने महिलालाई पनि प्रहरीले पक्राउ गरेको छ। घटनाबारे प्रहरीले प्रेस विज्ञप्ति सार्वजनिक गर्ने तयारी गरिरहेको छ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version