काठमाडौँ:
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बालकुमारी घटनाको प्रतिवेदन आफूले प्राप्त गरिसकेको र अध्ययनकै क्रममा रहेको बताएका छन्।

शनिबार बिहान सिंहदरबारमा बसेको नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठकमा दलको नेतासमेत रहेका प्रधानमन्त्री प्रचण्डले बालकुमारी घटनाको प्रतिवेदन अध्ययन गरेपछि निर्णय गर्ने बताए।

‘बालकुमारी घटनाको प्रतिवेदन अध्ययन गरेर निर्णय गरिन्छ। आयोग बनाएर छानबिन गर्ने निर्णय सरकारकै हो’, उनले भने, ‘प्रतिवेदन अध्ययनको प्रक्रियामा छ। अध्ययनपश्चात् आवश्यक निष्कर्षमा पुग्छौँ। यो सरकारको क्षेत्राधिकार हो। प्रतिपक्षले राजनीतिक संस्कार देखाउनुपर्छ।’

माओवादी संसदीय दलको बैठकमा प्रधानमन्त्री: ३ करोडभन्दा कमका योजना प्रदेश र स्थानीय तहमा पठाउँछौँ

गत पुस १३ गते ललितपुरको बालकुमारी क्षेत्रमा कोरियन भाषा परीक्षामा सहभागी हुन पाउनुपर्ने माग गर्दै युवाहरूले गरेको प्रदर्शनमा प्रहरीले बल प्रयोग गर्दा २ युवकको मृत्यु भएको थियो।

सो घटना हुनुमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाका कारण हुन पुगेको निष्कर्षसहितको प्रतिवेदन जाँचबुझ आयोगले सरकारलाई बुझाइसकेको छ।
जाँचबुझ आयोगले दोषी किटान गरिसक्दा पनि मन्त्री ज्वालालाई पदबाट नहटाएको भन्दै एमालेलगायत प्रतिपक्षी दलले संसद्‌मा प्रधानमन्त्रीको आलोचना गर्दै विरोध गरिरहेका छन्।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version