काठमाडौँ: काठमाडौंको सुन्धारामा फूटपाथ व्यवसायी र काठमाडौं महानगरपालिकाका नगर प्रहरीबीच झडप भएको छ ।

बुधवार साँझ झडपमा परी कम्तीमा ७ जना प्रहरी घाइते भएको नगर प्रहरी प्रमुख राजु पाण्डेले लोकान्तरलाई जानकारी दिए ।

‘उनीहरूतर्फको अवस्थाबारे थाहा भएन हाम्रा ५–७ प्रहरी घाइते भएका छन् । उनीहरूको वीर अस्पतालमा उपचार भइरहेको छ,’ उनले भने ।

शहरमा फूटपाथ व्यवसाय हटाएको काठमाडौं महानगरले पछिल्लो समय राति ९ बजेपछि राख्न दिने भनेको छ । तर साँझ ७ बजेपछि नै फूटपाथमा व्यवसाय गर्न थालेको भन्दै बुधवार साँझ नगर प्रहरीले व्यवसायीलाई हटाएको थियो ।

नियम उलंघन गरेकाले आफूहरूले उनीहरूमाथि हस्तक्षेप गरेको नगर प्रमुख पाण्डेले स्पष्ट पारे ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version