गठबन्धन एक इन्च दायाँबायाँ हुन्न

काठमाडौं । उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले सत्तारुढ गठबन्धन पाँच वर्षसम्म कायमै रहने दाबी गरेका छन् ।

शुक्रबार प्रतिनिधिसभा बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै नेपाली काँग्रेसका उपसभापति समेत रहनुभएका मन्त्री खड्काले राष्ट्रिय सभाको अध्यक्षमा पनि गठबन्धनले सर्वसम्मत रुपमा उम्मेदवारी दिने बताए ।

‘केही समस्या छन् भने आपसमा बस्छौं, छलफल गरेर टुंगो लगाउँछौं’ गठबन्धनमा दायाँबायाँ हुने कल्पना समेत नगरेको भन्दै उनले भने, ‘राष्ट्रिय सभा अध्यक्षबारे सल्लाह गर्छौं, एउटा उम्मेदवार दिन्छौं ।’

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version