काठमाडौँ:

ओमानमा हुने एसीसी प्रिमियर कप खेल्ने नेपाली क्रिकेट टोलीलाई खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले बिहीबार बिदाइ गरेका छन्।

एसियाली क्रिकेट परिषद (एसीसी) सार्वजनिक गरेको खेल तालिकाअनुसार नेपाल, हङकङ, मलेसिया, कतार र साउदी अरेबिया रहेको समूह एमा परेका छन्।

समूह बीमा यूएई, ओमान, कुवेत, बहराइन र कम्बोडिया छन्। नेपालले प्रिमियर कपको पहिलो खेलमा आगामी चैत्र ३० गते मलेसियासँग खेल्नेछ।

दोस्रो खेलमा वैशाख १ गते कतारसँग तथा तेस्रो खेलमा वैशाख ३ गते हङकङसँग खेल्ने तालिका छ। समूह चरणको अन्तिम खेलमा वैशाख ५ गते साउदी अरेबियासँग खेल्नेछ।

समूहको शीर्ष २ मा रहने टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन्। सेमिफाइनलका खेलहरु वैशाख ७ गते हुनेछ। सेमिफाइनलका विजेताले फाइनलमा स्थान बनाउँदा पराजित हुने टोलीले तेस्रो स्थानका लागि खेल्नेछन्।

तेस्रो स्थानको खेल वैशाख ८ गते हुनेछ। उपाधि भिडन्त वैशाख ९ गते हुने तालिका छ। कारणवश फाइनलखेल ९ गते हुन नसके १० गतेका लागि रिजर्भ डे राखिएको छ। च्याम्पियनसिप फागुन ३० देखि वैशाख ९ गते सम्म चल्नेछ। प्रिमियर कपको विजिेताले एसिसी एसिया कपमा स्थान बनाउनेछ।

च्याम्पियनसिपका सबै खेल ओमानमा हुनेछन्।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version