काठमाडौँ: संघीय संसद्अन्तर्गत प्रतिनिधि सभाको बैठक आज (आइतबार) बस्दैछ।

बिहान ११ बजे संघीय संसद् भवन नयाँ बानेश्वरमा बस्ने बैठकमा राष्ट्रपति कार्यालयबाट कार्यभार तोकिएको सम्बन्धी पत्र सभामुखले पढेर सुनाउनेदेखि अर्थमन्त्री वर्षमान पुनले बैंक तथा वित्तीय संस्थासम्बन्धी (पहिलो संशोधन) विधेयक प्रस्तुत गर्ने कार्यसूची रहेको छ।

त्यसैगरी अर्थमन्त्री पुनले भन्सार विधेयकलाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भनेर प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version