काठमाडौँ:
एसएमएस फ्रेन्डशिप कप त्रिकोणात्मक टी–२० सिरिजमा नेपाली राष्ट्रिय क्रिकेट टोलीले विजयी सुरुवात गरेको छ।

गुजरातको वापीमा आइतबार भएको सिरिजको पहिलो खेलमा गुजरातलाई ८ विकेटले पराजित गर्दै नेपालले पहिलो जित निकालेको हो।

गुजरातले दिएको ९९ रनको सामान्य लक्ष्य नेपालले १५.२ ओभरमा २ विकेटको क्षतिमा भेट्टायो।

नेपालका लागि कप्तान रोहित पौडेल ३३ र अनिल शाह ३२ रनमा अविजित रहे। ओपनर कुशल भुर्तेल १७ र आशिफ शेखले १६ रन बनाए।

त्यसअघि गुजरातको वापीमा नेपालले टस जितेर फिल्डिङ रोजेपछिब्याटिङ गरेको गुजरात १८.२ ओभरमा ९८ रन बनाउँदा अलआउट भयो।

गुजरातका लागि ओपनर रुद्र पटेलले बनाएको २३ रन नै सर्वाधिक रह्यो। हेमंग पटेलले २०, सरल प्रजापतीले १७ तथा अविशेक देसाइले ११ रन बनाए। स्मीथ पटेलले १० रन थपे। पाँच ब्याटरले दोहोरो अंकको स्कोर छुन सकेनन्।

गुजरातलाई कम स्कोरमा रोक्न गल्सन झाले चार विकेट आफ्नो नाममा गरे। गुल्सनले आफ्नो स्पेलमा २२ रन खर्चे। करण केसीले ३ तथा सोमपाल कामीले एक विकेट आफ्नो नाममा गरे।

सिरिजको दोस्रो खेलमा नेपालले मंगलबार बरोडासँग खेल्नेछ। बुधबार पुनः गुजरातसँग खेल्ने तालिका छ। शुक्रबार बरोडा विरुद्ध पुनः खेल्नेछ। शीर्ष २ मा रहने टोलीले फाइनल खेल्नेछन्।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version