काठमाडौँ:
कास्कीमा जिप दुर्घटना हुँदा कम्तीमा २ जना यात्रुको ज्यान गएको छ। घटनामा १० जना घाइते भएका छन्।

कास्कीको अन्नपूर्ण गाउँपालिका-४ भदौरेमा ग१ज ५५४७ नम्बरको जिप दिउँसो साढे ३ बजे दुर्घटनामा परेको हो। मृतकहरूको नाम खुलिसकेको छैन।

घटनामा अन्नपूर्ण गाउँपालिका वडा नं. ४ का २२ वर्षका धनराज सुनार, त्यही ठाउँका ७ वर्षीय बालक आरुष विक, ४१ वर्षीय राजकुमार विक र ५० वर्षीया देउमाया केसी छन्।

पोखराबाट भदौरेतर्फ जाँदै गरेको जिप दुर्घटनामा पोखरा-३३ खोलाखेतका ५८ वर्षीय लक्ष्मण कामी, कार्कीतगराका ५० वर्षीय लक्ष्मण सुनार, अन्नपूर्ण-५ सल्यानका ३३ वर्षीय प्रकाश सुनार, १४ वर्षीया सोविसा सुनार र २ वर्षीय सुप्रिम सुनार घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी निरीक्षक सूर्य रानाले १० जना घाइते भएको जानकारी दिए। उनीहरूलाई उद्धार गरेर उपचारका मणिपालसहितका अस्पतालमा भर्ना गरिएको छ।

अन्नपूर्ण गाउँपालिका-४ का वडाध्यक्ष आइन्दल गुरुङअनुसार पोखराको हरिचोकबाट भदौरे जाँदै गरेको जिप गन्तव्य पुग्न लाग्दा थामडाँडास्थित सडकबा १ सय मिटर तल खसे हो।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version