काठमाडौँ: बुधबार बिहानै ताइवानमा ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ। ताइवानमा यो २५ वर्षयताकै शक्तिशाली भूकम्प भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।

ताइवानमा शक्तिशाली भूकम्प गएपछि जापान र फिलिपिन्समा सुनामीको खतरा

अमेरिकी भूगर्भ सर्वेक्षणका अनुसार भूकम्पको केन्द्रबिन्दु ताइवानको हुआलियन सहरबाट १८ किलोमिटर (११ माइल) दक्षिणमा थियो। यसपछि पनि परकम्प गइरहेको जनाइएको छ।

भूकम्पको धक्का चीनको दक्षिणपूर्वी फुजियान प्रान्तका केही भागमा पनि महसुस भएको चिनियाँ सरकारी सञ्चारमाध्यमले जनाएका छन्।

भूकम्पले ताइवानमा कति जनधन क्षति भयो भन्ने विषयमा यो फोटो फिचर तयार पार्दासम्म जानकारी प्राप्त भइसकेको छैन।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version