काठमाडौं: नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ ।

भारतबाट मूल्य बढेर आएको भन्दै निगमले पेट्रोल, डिजल र मट्टीतेलको मूल्य बढाउने निर्णय गरेको हो ।

निगम सञ्चालक समितिको बैठकले पेट्रोल, डिजल र मट्टीतेलमा प्रतिलिटर ३ रुपैयाँको दरले मूल्य बढाउने निर्णय गरेको निगमका प्रवक्ता मनोजकुमार ठाकुरले जानकारी दिए ।

बढेको मूल्य मंगलबार बिहान १ बजेदेखि लागू हुनेछ ।

नयाँ मूल्यसूचीअनुसार काठमाडौँमा पेट्रोल अबदेखि प्रतिलिटर १ सय ७८ रूपैयाँ पर्नेछ भने डिजेल र मट्टीतेलको मूल्य १ सय ६१ रूपैयाँ कायम भएको छ ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version