काठमाडौं: मंगलबार सुनको मूल्य प्रतितोला १७ सय रुपैयाँले बढेर हालसम्मकै उच्च मूल्य कायम भएको छ ।

गत चैत ३० गते छापावाला सुनको मूल्य प्रतितोला १ लाख ३९ हजार रुपैयाँ कायम भई नयाँ रेकर्ड कायम गरेको थियो ।

उक्त रेकर्ड ब्रेक गर्दै मंगलबार सुनको मूल्य प्रतितोला १ लाख ३९ हजार २ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सोमबार भने सुन १ लाख ३७ हजार ५ सयमामा कारोबार भएको थियो

त्यस्तै मंगलबार तेजावी सुनको मूल्य प्रतितोला १ लाख ३८ हजार ५ सय ५० रुपैयाँ कायम भएको छ । साथै मंगलबार चाँदीको मूल्य प्रतितोला १७ सय ५० रुपैयाँ कायम भएको छ ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version