राष्ट्रिय समाचार समिति(रासस)
काठमाडौँ, ४ वैशाखः संसदीय सुनुवाइ समितिले महालेखापरीक्षकमा सिफारिस हुनुभएका तोयम रायालाई सर्वसम्मतिले अनुमोदन गरेको छ ।

समितिका सभापति पशुपतिशमशेर जबराले प्रस्तावित महालेखापरीक्षकमा रायाको नाम सर्वसम्मतिले अनुमोदन गरेको बताउनुभयो । 

प्रस्तावित रायाले १५ पेजको कार्ययोजना प्रस्तुत गर्दै बेरूजु कम गर्नाका लागि काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो । 

संवैधानिक परिषद्को गत चैत १८ गतेको बैठकले रायालाई महालेखापरीक्षक पदमा नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको थियो । 
Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version