काठमाडौँ: नेपाल कम्युनिष्ट पार्टी (एमाले)को राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को बैठक आज (शनिबार)देखि ललितपुरको गोदावरीमा सुरु हुँदै छ।

गोदावरीस्थित सनराइज सभाहलमा २ दिन चल्ने परिषद् बैठकमा २ हजार ४ सय ५४ जना सहभागी हुने एमालेले जनाएको छ। एमालेले चितवन महाधिवेशपछि पहिलोपटक परिषद् बैठक गर्न लागेको हो।

मिसन ग्रासरुट, झुलाघाट-चिवाभञ्याङ संकल्पयात्राजस्ता ठूला र देशव्यापी अभियान सम्पन्न गरिसकेपछि एमालेले महाधिवेशनपछिको सबैभन्दा ठूलो भेला गर्न लागेको हो।

शनिबार बिहान ११ बजे एमाले अध्यक्ष केपी शर्मा ओलीले परिषद्को उद्घटन गर्ने कार्यक्रम छ।

शुक्रबार ललितपुरको च्यासलस्थित एमाले मुख्यालयमा आयोजित पत्रकार सम्मेलनमा आयोजना गरी नेताहरुले बैठकको सबै तयारी पूरा भएको जानकार दिएका थिए।

परिषद् बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक र महासचिव शंकर पोखरेलले साङ्गठनिक प्रतिवेदन प्रस्तुत गर्ने कार्यक्रम छ।

यसैगरी, एमालेको केन्द्रीय अनुशासन आयोग, केन्द्रीय लेखा आयोग, केन्द्रीय निर्वाचन आयोग र केन्द्रीय सल्लाहकार परिषद्बाट पनि प्रतिवेदन प्रस्तुत हुनेछन्।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version