काठमाडौं: निर्वाचन आयोगले अशोक राई नेतृत्वको दल जनता समाजवादी पार्टी दर्ता गर्ने निर्णय गरेको छ ।

उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपालबाट विद्रोह गरेका नेताहरूले आइतबार नयाँ दल दर्ताका लागि निवेदन दिएका थिए । आयोगको सोमबार बसेको बैठकले दल दर्ता गर्ने निर्णय गरेको आयोगका सूचना अधिकारी सुमन घिमिरेले जानकारी दिए ।

राजनीतिक दलसम्बन्धी ऐन तथा राजनीतिक दलसम्बन्धी नियमावली २०७४ को नियम ५ बमोजिम दल दर्ता गर्ने निर्णय भएको हो ।

नयाँ दलको नाम जनता समाजवादी पार्टी छ ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version