काठमाडौँ:
काभ्रेमा नगर प्रहरीलाई कुटपिट गरेको आरोपमा प्रहरीले चारजना फुटपाथका व्यापारीलाई पक्राउ गरेको छ।

बनेपा नगरपालिका-७ स्थित चारदोबाटो चोक नजिक अरनिको राजमार्गमा गएको मंगलबार नगर प्रहरीमाथि कुटपिट भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ।

नगर प्रहरीमाथि कुटपिट र झैझगडा भएको भिडियो सामाजिक सञ्जालमा समेत भाइरल भएपछि प्रहरीले अनुसन्धान गरेको छ।

बनेपा नगरपालिकाको उजुरीका आधारमा घटनामा संलग्नहरुलाई मुलुकी अपराध सहिताको दफा ११८ को कसुरअनुसार पक्राउ गरिएको प्रहरीले जनाउको छ।

पक्राउ पर्नेमा काभ्रेको नमोबुद्ध नगरपालिका- १ घर भएका २६ वर्षीय कृष्ण मानन्धर, सोही ठाउँकी ५० वर्षीया राममाया मानन्धर, ४० वर्षीया रोजिना मानन्धर र बनेपा- ७ की ४० वर्षीया खड्गमाया श्रेष्ठ छिन्।

उनीहरुलाई हिरासतमा राखेर थप कारबाही प्रक्रिया अघि बढाइएको काभ्रेका डीएसपी राजकुमार श्रेष्ठले जानकारी दिए।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version