काठमाडौँ: अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीबाट मन्त्री बनेका प्रतिनिधि सभा सांसद प्रदीप यादव र हसिना खानले पद तथा गोपनीयताकाको शपथ लिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप यादव, स्वास्थ्य राज्यमन्त्री हसिना खानले पद तथा गोपनीयताको शपथ लिएका हुन्।

राष्ट्रपति कार्यालयमा आयोजित एक समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले स्वास्थ्य मन्त्री यादवलाई शपथ खुवाएका हुन् भने राज्यमन्त्रीलाई प्रधानमन्त्री पुष्पकमल दाहालले शपथ खुवाएका हुन्।

जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव र वन राज्यमन्त्री दीपक कार्कीले सोमबार पदबाट राजीनामा दिएका थिए। रिक्त स्थानमा नवगठित जसपाबाट मन्त्री बनाइएको हो।

उपेन्द्र यादव नेतृत्वको जसपा नेपालबाट अशोक राईसहित ७ जना प्रतिनिधि सभा सांसद छुट्टिएर जनता समाजवादी पार्टी बनाएका थिए।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version