काठमाडौँ: फ्राइडे रिलिज भएको नेपाली चलचित्र ‘इन्टु मिन्टु लण्डनमा’ ले आइतबारसम्म दुई करोड रुपैयाँको कारोबार गरेको जनाएको छ।

वितरक मनोज राठीले ‘इन्टु मिन्टु लण्डनमा’ वर्षकै सबैभन्दा ठूलो ओपनर सिनेमा रहेको जिकिर गरे। नेपालमा हाली लागु भएको आधिकारिक बक्सअफिस रिपोर्ट प्राप्त नभएपनि निर्माण कम्पनीले उक्त कमाइ गरेको जनाएको हो।

प्रज्ज्वल समशेर जबरा र प्रभु समशेर जबराको संयुक्त निर्माण रहेको यस फिल्ममा नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह र धिरज मगरको मुख्य भूमिका रहेको छ भने फिल्म हेर्न शुक्रबार र शनिबार राजधानीका हलहरु प्राय घुइँचो देखिएको थियो।

गत वर्ष यही सययमा प्रदर्शनमा आएको छक्का पञ्जा-२ पछिको यो फिल्मले सर्वाधिक कलेक्सन भएको बताईएको छ।

सिनेमाको आइतबारदेखिको कारोबार र हलमा दर्शकको चापले सिनेमाको वास्तविक व्यापार निर्धारण गर्ने विश्लेषकहरुको अनुमान छ।

केही हप्ता लण्डन घुम्न गएकी मिन्टु अर्थात मिरा (साम्राज्ञी) र लण्डनकै रैथाने इन्टु अर्थात इशान (धिरज) को प्रेमकथा वाचन गरेको सिनेमामा सारुक ताम्राकार, अर्जुन श्रेष्ठ, दिलभुषण पाठक, विजय लामा, रुवी राणा लगायतकाको अभिनय रहेको छ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version