काठमाडौं : सूचना तथा सञ्चार प्रविधिमन्त्री रेखा शर्माले प्रतिपक्ष दल जिम्मेवार नहुँदा संसद्‌मा अराजनीतिक गतिविधि देखिएको बताएकी छन् ।

सरकारको प्रवक्तासमेत रहेकी शर्माले प्रतिपक्ष दल कांग्रेस आफ्नो ‘रो’ छोडेर सरकारको ‘रो’मा प्रवेश गरेको बताएकी छन् ।

संसद् भवनबाट बाहिरिंदा पत्रकारहरूलाई प्रतिक्रिया दिंदै उनले भनिन्, ‘गृहमन्त्रीलाई बोल्नै नदिने, प्रश्नको जवाफ दिनै नदिने र संसद्‌मै धकेलाधकेल गरेर प्रतिपक्ष दलले गैरजिम्मेवार काम गर्‍यो ।’

आजको प्रतिनिधि सभा बैठकमा नेपाली कांग्रेस र सत्तापक्ष दलका सांसदबीच धकेलाधकेल भएको थियो ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version