काठमाडौँ:
प्रतिनिधि सभा बैठक बस्दै नबसी स्थगित भएको छ। शुक्रबार बिहान ११ बजेका लागि बोलाइएको बैठक दिउँसो २ बजेसम्मका लागि स्थगित गरिएको थियो।

तर, राजनीतिक दलहरूबीच सहमति जुट्न नसक्दा दिउँसो २ बजे बोलाइएको बैठक पनि स्थगित गरिएको छ।

सभामुख देवराज घिमिरेको सचिवालयका अनुसार, अर्को बैठक जेठ ६ गते आइतबार बिहान ११ बजे बोलाइएको छ।

नेपाली कांग्रेसले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेसमेत सहकारी प्रकरणमा संलग्न रहेको भन्दै संसदीय छानबिन समिति बनाउनुपर्ने माग राख्दै आएको छ।

हिजो (बिहीबार) को बैठकमा पनि सोही माग राख्दै कांग्रेसले प्रतिनिधिसभा बैठकमा नाराबाजी गरेको थियो। कांग्रेसको नाराबाजीपछि सभामुख देवराज घिमिरेले बैठक स्थगित गरेका थिए।

कांग्रेसको माग पूरा गरेर संसद् अवरोध अन्त्य गर्नेगरी शीर्ष नेताहरू छलफलमा जुटिरहेका छन्।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version