काठमाडौँ: प्रधानमन्त्रीसहित मन्त्रिपरिषद्का सदस्यहरूले सम्पत्ति विवरण सार्वजनिक गर्ने भएका छन्। बिहीबार (जेठ ३) बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा पेस गरिएको सम्पत्ति विवरण सार्वजनिक गर्ने निर्णय गरेको हो।

‘वर्तमान मन्त्रिपरिषद्का सदस्यहरूले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पेस गरेको सम्पत्ति विवरण सार्वजनिक गर्ने,’ मन्त्रिपरिषद्का निर्णयमा भनिएको छ।

त्यस्तै, सरकारले गृह मन्त्रालयको प्रस्तावमा फौजदारी कसुर (कैद कट्टा) तेस्रो संसोधन नियमावली २०८१ स्वीकृत गर्ने निर्णय पनि गरेको छ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version