काठमाडौँ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले व्यक्ति केन्द्रीत नभई समस्या केन्द्रित भएर काम गर्न प्रतिपक्ष दल नेपाली कांग्रेसलाई आग्रह गरेका छन् । आइतबार प्रतिनिधि सभाको बैठकमा बोल्दै लामिछानेले सहकारीको विषय ल्याएर कांग्रेसले एउटा व्यक्तिविरुद्ध राजनीतिक दमन र दादागिरी गरेको बताएका हुन् ।
उनले भने,‘एउटा व्यक्तिलाई खुइल्याउने, बोल्न नदिने, अपमानित गर्ने, बोल्न पनि नदिएको मान्छेलाई किन डराएको, छानबिनसँग किन डराएको किन भागेको भनेर लल्कारिरहने अनि समस्याको समाधान गर्नका लागि कहीँबाट पनि प्रयास नगर्नुले के स्पष्ट पार्छ भने व्यक्ति केन्द्रित र भर्खरै आएको एउटा राजनीतिक दल, भर्खरै उदाएको नेतामाथि यति ठुलो इतिहास बोकेको राजनीतिक दलले यो राजनीतिक दमन होइन र ? यो राजनीतिक दादागिरी होइन र ?’

उनले अगाडि भने,‘लोकतान्त्रिक पद्धतिलाई मानेर, संविधान अनुसार निर्वाचनको माध्यमबाट कहीँ कतै कसैलाई हानी नपुर्‍याई रास्वपा यो सदनमा आएको हो । यसरी आएको नयाँ दललाई लोकतान्त्रिक दलहरूले कहीँ न कहीँ सहयोग गर्छन् होला, पानी हाल्छन् होला, मल हाल्छन् हामीलाई बचाउँछन् होला भनेको यहाँ निमोठ्न खोजियो ।’

उनले आफ्नो दललाई सहयोग नगरेपनि ननिमोठ्न आग्रह गरे ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version