काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विपक्षी दल नेपाली कांग्रेसले गलत गरेको टिप्पणी गरेका छन्।

प्रधानमन्त्रीले विश्वासको मत लिन बसेको प्रतिनिधि सभाको बैठकमा कांग्रेसले नाराबाजी गरेपछि यो गतिविधि कांग्रेसलाई निकै महँगो पर्ने चेतावनी दिए।

उनले भने, ‘जुन प्रधानमन्त्रीले तपाईँहरूलाई पटक पटक साथ दियो। अहिले पनि संवाद र सहकार्यमा ल्याउन प्रयास गरिरहेको छ। त्यसलाई संविधानअनुसार विश्वासको मत लिन नदिएर एउटा नराम्रो उदाहरण प्रस्तुत गर्नुभयो। त्यो प्रति दुख व्यक्त गर्छु। त्यो कांग्रेसको लागि धेरै मूल्य चर्को पर्नेछ।’

उनले कांग्रेसको आजको गतिविधि कलंकको रूपमा स्थापित हुने बताए।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version