काठमाडौ । राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज बिहान भेटवार्ता गरेका छन् ।

राष्ट्रपति भवन शीतल निवासमा भएको भेटमा संसदको गतिरोध र सरकारले ल्याउन लागेको बजेटको तयारी लगायतका विषयमा प्रधानमन्त्री प्रचण्डले राष्ट्रपतिलाई जानकारी गराएका छन् ।

भेटमा राष्ट्रपति पौडेलले संसदको गतिरोधबारे चासो र चिन्ता व्यक्त गरेको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ । राष्ट्रपति पौडेलले गतिरोध अन्त्यका लागि सहमतिको अधिकतम पहल गर्न सुझाव समेत दिएका थिए ।

सो अवसरमा प्रधानमन्त्री प्रचण्डले आफू सहमतिमा समस्या समाधानको पक्षमा रहेको बताउँदै संसदमा जारी गतिरोध अन्त्यका लागि पहल गरिरहेको बताएका थिए

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version