काठमाडौँ:
भारतमा आज (जुन १) लोकसभा निर्वाचनका लागि सातौँ तथा अन्तिम चरणको मतदान भइरहेको छ। भारतीय सञ्चारमाध्यमका अनुसार सात राज्य र एक केन्द्र शासित प्रदेशका ५७ सिटमा मतदान भइरहेको हो।

पञ्जाब र उत्तर प्रदेशका १३/१३ सिट, पश्चिम बङ्गालका ९ सिट, बिहारका ८, उडिसाका ६, हिमाचल प्रदेशका सबै ४ सिट, झारखण्डका ३ सिट र चण्डीगढको १ सिटमा आज मतदान भइरहेको छ।

अन्तिम चरणको यो निर्वाचनमा प्रधानमन्त्री नरेन्द्र मोदी, कांग्रेस नेता राहुल गान्धी र अन्य धेरै दलका नेता चुनावी मैदानमा छन्। यो निर्वाचनमा कूल नौ सय चार जनाले उम्मेदवारी दिएका छन्।

लोकसभा चुनावअन्तर्गत यसअघि ६ चरणका मतदान भइसकेका छन्। यसअघि अप्रिल १९, अप्रिल २६, मे ७, मे १३, मे २० र मे २५ मा मतदान भएका हुन्।

अब मतगणना जुन ४ अर्थात म‌ंगलबार सुरु हुनेछ र नतिजा सोही दिन आउने अपेक्षा गरिएको छ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version