काठमाडौँ:
ओपनर नवनित डालिवाल र निकोलस किर्तनको अर्धशतक मद्दतमा आईसीसी टी–२० विश्वकपमा क्यानडाले घरेलु टोली अमेरिकासामु १९५ रनको लक्ष्य प्रस्तुत गरेको छ।

अमेरिकाको डलास्थित ग्रान्ड प्रेरी स्टेडियममा अमेरिकाले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको क्यानडाले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १९४ रनको योगफल तयार पारेको हो।

क्यानडाका लागि नवनित डालिवालले ६१ रनमा क्याच आउट भए। उनले ४४ बलमा ६ चौका र ३ छक्का हाने। निकोलस किर्तनले ३१ बलमा ३ चौका र २ छक्का सहयोगमा ५१ रन बनाए।

ओपनर आरोन जोनसनले २३ र श्रेयास मोभ्याले ३२ रन बनाए। दिलप्रित बज्वा ११ रन बनाउँदा रन आउट भए। यास मोभ्या ३२ र डिलोन हेलिंगर १ रनमा नटआउट रहे। अमेरिकाले केही बेरमा जवाफी ब्याटिङ गर्नेछ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version