काठमाडौँ: संसदीय सुनुवाइ समितिमा भने ज्येष्ठ सदस्य लक्ष्मणलाल कर्ण निर्विरोध निर्वाचित भएका छन्। समितिको आजको बैठकमा सांसद अमृता थापाले उनको नाम प्रस्ताव गरेका हुन्।

सांसद योगश भट्टराई, शिवकुमार मण्डल र निरुदेवी पालले सो प्रस्तावको समर्थन गरेका थिए। नवनिर्वाचित सभापति कर्णले समितिलाई साझा बनाउने प्रतिबद्धता जनाए।

सङ्घीय संसद्को राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन,अनुगमन तथा मूल्याङ्कन समितिको सभापतिमा सांसद निरादेवी जैरु निर्विरोध निर्वाचित भएका छन्।

समितिको आजको बैठकमा सांसद गणेशसिंह ठगुन्नाले सभापतिमा जैरुको नाम प्रस्ताव गरेका थिए। प्रस्तावलाई सांसद प्रभु साहले समर्थन गरेका थिए।

बैठकको अध्यक्षता गरेका सांसद राधेश्याम अधिकारीले समितिको सभापतिमा जैरु निर्विरोध निर्वाचित भएको घोषणा गरे । नवनिर्वाचित सभापति जैरुले निर्विरोध निर्वाचित गर्न सहयोग गर्नुहुने सांसदलाई धन्यवाद दिनुहुँदै समितिको जिम्मेवारी निर्वाह गर्न पनि सबैको साथ पाउने विश्वास व्यक्त गरे । सङ्घीय संसद् संयुक्त बैठक र संयुक्तसमिति (कार्य सञ्चालन) नियमावली २०७५ अनुसार समितिमा १५ सदस्य रहने व्यवस्था छ ।

प्रतिधिसभाबाट १२ र राष्ट्रियसभाबाट तीन सदस्यले समितिमा प्रतिनिधित्व गर्ने प्रावधान रहेको संसद् सचिवालय कानून महाशाखा प्रमुख सहसचिव अर्जुनकुमार खड्काले बताउनुभयो । हाल समितिमा प्रतिनिधिसभाबाट ११ र राष्ट्रियसभाबाट तीन गरी १४ सांसद रहेका छन्।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version