अमरराज नहर्की
तनहुँ, जेठ २४ गते
पृथ्वीराजमार्ग मुग्लिन पोखरा सडक विस्तार अन्तगर्तत पूर्वि खण्डको सडक विस्तार आयोजनाको ट्याङ्करको ठक्करबाट मृत्यु भएका तनहुँको व्यास नगरपालिकामा कार्यरत इन्जिनियर २९ वर्षिय प्रवीण कैनीको परिवारले चौथो दिनसम्म पनि शव बुझेका छैनन् ।

दुर्घटनामा मृत्यु नभई हत्या गरिएको भन्दै व्यास नगरपालिकाका कर्मचारी र स्थानीयले जिल्ला प्रशासन कार्यालयमा बुधबार धर्ना दिने तथा विरोध पर्दशन गरिरहेका छन् ।

ज्यान गुमाएका परिवारलाई उचित क्षतिपूर्ति र सवारी चालक र घटना ढाकछोप गर्ने दोषीलाई कारबाही गर्नुपर्ने माग राख्दै तीन दिन
अघि देखि नै बिहान १० बजे देखि नै प्रशासन कार्यालयको गेटमा धर्ना दिएका हुन् ।
उनिहरुले दोषीलाई र घटनाको ढाकछोप गर्न प्रमाण लुकाउन घटनास्थल माटो थुपर्न लगाउनेलाई कारबाही र क्षतिपूर्तिको माग राख्दै आएका छन् ।

घटनाको छानविन र अनुसन्धान गरी छानविनको नतिजा अनुसार प्रचलित कानून वमोजिम दोषीलाई हदै सम्मको सजाय र मृतकका आफन्तहरुलाई क्षतिपुर्तिको व्यवस्था गर्ने सहमती भएपछि अबरुद्ध राजमार्ग सूचारु गरिएको भएपनि माग पुरा नभएको आन्दोलन गर्नु परेको व्यास नगरपालिका–११ पोल्याङ निवासी आशिष कैनीले बताउनुभयो ।

जिल्ला प्रशासन कार्यालयले प्रचलित कानुन बमोजिम दोषीलाई कारबाही गर्ने प्रतिबद्धता जनाएपछि सोमबार रातीबाट अबरोध हटेको थियो । व्यास नगरपालिका–१२ कमलबारी निवासी इन्जिनियर कैनीलाई चालकले ब्याग गरेर मारेको भन्दै स्थानीय बासिन्दाले यातयात अबरोध गरेका थिए ।

डुम्रेबाट दमौली जाँदै गरेको बा.प्र.०१ –००१ नम्बरको पानी ट्याङकर र सोही दिशा तर्फ आउदै गरेको ग१९प ८३०३ नम्बरको मोटरसाईकललाई सोमबार दिउँसो दुई बजे ठक्कर दिँदा इन्जिनिय कैनीको मृत्यु भएको थियो ।

स्थानीय प्रत्यक्षदर्शीका अनुसार ट्याङ्करले ब्याक गरेर ठक्कर दिँदा कैनीको घटनास्थलमै मृत्यु भएको थियो । दुवैपक्षलाई वार्तामा राखेर समस्या समाधानको प्रयाश भईरहेको प्रमुख जिल्ला अधिकारी जर्नादन गौतमले जानकारी दिनुभयो । क्षेतिपूर्तिको लागि ठुलो रकमको माग गरिएकोले वार्ता सफल हुन नसकेको प्रजिअ गौतमले जानकारी दिनुभयो ।

दोषीलाई कारबाही पीडितलाई उचित क्षतिपूर्तिको माग राख्दै व्यास नगरपालिकाका कर्मचारीले प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएका छन् । व्यास नगरपालिकाका वरिष्ठ आन्तरिक लेखा परिक्षण अधिकृत कुमारकन्चन जिसीले ज्ञापनपत्र बुझाउनु भएको हो ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version