काठमाडौँ: सर्वोच्च अदालतले गृहमन्त्री रवि लामिछानेलाई निलम्बन गर्न माग गरिएको रिटमा मिसिल झिकाउने आदेश गरेको छ।

न्यायाधीशद्वय मनोजकुमार शर्मा र तिलप्रसाद श्रेष्ठको इजलासले सोमबारको सुनुवाइमा आवश्यक मिसिलहरू प्राप्त नभएकाले उक्त मिसिलहरू मगाउने आदेश गरेको हो । यससँगै लामिछानेविरुद्धको मुद्दा लम्बिने भएको छ ।

अधिवक्ता अनुपम भट्टराईले दायर गरेको रिटमा सर्वोच्चले यसअघि पोखरा प्रहरी कार्यालयमा पेस भएको जाहेरी पेस गर्न भनेको थियो । तर आजको सुनुवाइका क्रममा सरकारी पक्षले केही पनि पेस नगरेपछि मिसिलहरू मगाउने बारे बहस भएको थियो ।

सर्वोच्चले गृहमन्त्री लामिछाने विरुद्ध दर्ता भएका वा पेस भएका उजुरी,अभियोग पत्र र अन्य मिसिलहरू पेस गर्न आदेश गरेको हो ।

सर्वोच्चले अर्को सुनुवाइमा उक्त मिसिलहरू प्राप्त गरेपछि सुनुवाइ गर्दै निलम्बन गर्ने वा नगर्नेबारे निर्णय लिने छ।

महान्यायाधीवक्ता कार्यालयले क्लिन चिटको अर्थ लाग्ने गरी लामिछानेको विषयमा कुनै जाहेरी,अभियोग पत्र र अनुसन्धान नभएको भनी पत्र दिएपछि त्यस विरुद्ध सर्वोच्चमा रिट दायर भएको थियो ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version