काठमाडौं: सरकारले सार्वजनिक यातायातको नयाँ भाडादर आइतबारबाट लागु हुने गरी सार्वजनिक गरेको छ । शनिबार यातायात व्यवसायीसँग १० प्रतिशत भाडा बढाउन सहमति जनाएको सरकारले अाइतबार नयाँ भाडादर सार्वजनिक गरेको हो ।

पेट्रोलियम पदार्थको मूल्य बढेपछि यातायात व्यवसायीले भाडादर पनि समायोजन गर्नुपर्ने माग गरेका थिए । त्यसै अनुरुप यातायात व्यवस्था विभागले नयाँ भाडादर सार्वजनिक गरेको हो ।
सार्वजनिक सवारी साधनको भाडादर निर्धारण गर्दा ईन्धनको अंश ३५% र अन्य सूचकहरुको अंश ६५% मानी भाडादर निर्धारण भएको जनाएको छ । यसअघी २०७२।१०।२५ मा सार्वजनिक यातायातका सवारी साधनहरुको भाडादर समायोजन गर्दा पट्रोलको प्रतिलिटर मूल्य रु. ९९।००, डिजेलको मूल्य रु. ७५।०० कायम भएकोमा बर्तमान अवस्थामा पेट्रोलको प्रति लिटर मूल्य रु. ११४।०० र डिजेलको प्रतिलिटर मूल्य रु. १०१।०० कायम भए अनुसार यो मूल्य तोकिएको जनाएको छ ।

भाडादर हेर्न तलको लिंकमा जानुहोस :

https://www.dotm.gov.np/uploads/articles/files/DOTM%20Notices/Fare%20Rate/Bhadadar%202075-06-07.pdf

 

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version