काठमाडौँ: लागु औषध कोकिनसहित ४ जना विदेशी नागरिकहरू पक्राउ परेका छन्। लागू औषध नियन्त्रण ब्यूरो कोटेश्वरले ४ किलो ५ सय ४ ग्राम कोकिनसहित विभिन्न ठाउँबाट ४ जना विदेशी पक्राउ गरेको हो।

विदेशी नागरिकहरूले ल्याएको उक्त कोकिनका क्याप्सुलहरू भारतको नयाँ दिल्लीसम्म लैजाने गरेको अनुसन्धानबाट खुलेको छ।

पक्राउ पर्नेमा बर्ष ६८ का तान्जानियाली नागरिक डोनाल्ड ज्याक्सन माबुगा, बोलिभियाली नागरिक ३३ वर्षीया लौरा क्रुज टिकोना, भेनेजुलियाली नागरिक ३९ वर्षीय साइमन एन्टोनियो अल्फोन्जो राडा , भारतीय नागरिक २७ वर्षीया लालरुवैत सांगी रहेका छन्।

बरामद गरिएको लागु औषध कोकिनको अवैध बजार मूल्य अन्दाजी १५ करोड ७६ लाख हुन आउने प्रहरी नायब उपरीक्षक प्रेम बहादुर शाहीले जानकारी दिए।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version