काठमाडौं । सरकारले आठ देशका राजदूतहरु सिफारिस गरेको छ ।
बिहीबार बसेको मन्त्रिपरिषदको बैठकले राजनीतिक भागवण्डाका आधारमा राजदूत नियुक्त गरेको हो । पूर्वमुख्य सचिव लोकदर्शन रेग्मी भारतका लागि राजदूत नियुक्त भएका छन् । यसअघि २०७७ रेग्मीलाई तत्कालीन केपी शर्मा ओलीको सरकारले बेलायतका लागि राजदूत बनाएर पठाएको थियो ।
तर अर्काे शेरबहादुर देउवाकाे सरकारले उनलाई फिर्ता बाेलाउने निर्णय गरेकाे थियाे ।
त्यस्तै, चन्द्र घिमिरे अमेरिका, सुशील कोइराला दक्षिण कोरिया, सुम्निमा तुलाधर डेनमार्क, डा विजय पन्त बेलायत, पुष्पराज रन्जितकार स्पेन, नेत्रप्रसाद तिमल्सिना मलेसिया र अबुसुफ्यान खान मुसलमान साउदी अरबका लागि राजदूत नियुक्त गरिएको एक मन्त्रीले जानकारी दिएका छन् ।

