काठमाडौँ: नागर्जुन नगरपालिका मेयर मोहन बहादुर बस्नेतले आफु पुराना समयकै मोहन बहादुर बस्नेत भएर निस्कनु पर्ने हो कि आफुलाई जनताको वास्तविक जनप्रतिनिधि भएर काम गर्न दिने भनेर प्रतिप्रश्न गरेका छन्।

सोमबार नगरपालिकाको ९ औं नगरसभा तथा आर्थिक वर्ष २०८१/८२ को बजेट तथा नीति तथा कार्यक्रममा बोल्दै मेयर बस्नेतले आफुलाई मेयर भएदेखि केहि तप्का र समुहले विभिन्न बहानामा काम गर्न नदिन र असफल देखाउन ५२ वटाभन्दा बढी मुद्दा दिने तर ठोस प्रमाण र आधार नभई जनतासामु आफुलाई असफल देखाउन अनेक दुष्प्रचार गर्दै केहि समूह हिडिरहेको बताएका हुन्।

टी-२० विश्वकप खेल हेरेर यसै साता नेपाल फर्किए लगतै नगरको पहिलो कार्यक्रममा बोल्दै, आफु अमेरिका पनि आफ्नै नीजि खर्च र विभिन्न खेलकुद संघ संथामा आवबधा रहेकोले जानु परेको र त्यसमा त्यही केहि असन्तुष्ट समुहले आफ्नो पासपोर्ट च्यात्नु पर्छ र अमेरिका नगरपालिकाको खर्चमा घुम्न गएको भनेर आरोप लागाएको बताए। “नगरपालिकाको खर्चमा मलाई अमेरिका जानु पर्ने स्थिति पनि छैन र गएको रहेछ भने पनि कर्मचारी प्रसाशनबाट प्रमाण मगाएर बुझ्दा हुन्छ,” मेयर बस्नेतले भने।
मेयर बस्नेतले आफुलाई बरु विभिन्न शक्ति र स्वार्थ समुहको काम नगरिदिन्दा र सितापाईलाको करिडोरकोबाट खुलाउने काम नगर्दिंदा आफुलाई उल्टै भ्रष्टाचारीको मुद्धा हालेको समेत बताए। “सस्तोमा मुल्यमा करिडोर को जग्गा लिने अनि अहिले आएर करिडोरकोबाट त्यो पनि निश्चीत मापदण्ड खुलाउने पर्यो भन्ने समुहको आ-आफ्नै स्वार्थ छ जुन मैले मानिन,” मेयर बस्नेतले भने।

मेयर बस्नेतले भने, मेरोविरुद्ध मुद्धा हाल्ने मेरा भगवान हुन् यदी उहाँहरुले प्रमाण पुर्याउनु हुन्छ भने।

काठमाडौँका मेयरले गरेका र हाम्रो जस्तो भर्खरै नगर भएको अवस्थामा महानगर जस्तो निर्णय लियेअर काम गर्नु यहाँका जनतालाई न्यायोचित नहुने उनको तर्क थियो।

आफुलाई आफ्नो गाउँ र ठाउँको बस्तु इस्थिती राम्रै संग थाहा भएको बताउंदै, उनले भने मलाई अहिले केहि समुहले आफुलाई पुरानै मोहन बहादुर बस्नेत भनेर निस्कन हौस्याएको जस्तो लागिरहेको छ जहाँ जुन बेला सितापाइला, भिमढुंगा (पुरानो नाम भेडुङ्गा) र रामकोट भएर हिड्न र दशैंको बेला पैसा बोकेर हिड्न पनि डरमर्दो स्थितिको ठाउँको अहिले पूर्वाधार विकासले कायापलट भएको दावी गरे। बजेटमा असन्तुस्ट कुराहरु अझै पनि सर्वदलिय बसेर संसोधन गर्न सकिनेसमेत उनले बताए। तर आफुलाई जे जस्तो गर्न खोजे पनि मुद्दा मात्रै दिने प्रवृत्ति ठिक नभएको उनले बताए।
उनले आफुविरुद्ध प्रमाण पुग्छ भने आफु तत्काल जेल जान र पक्राउ पर्नसमेत तयार रहेको बताए। “तर होस् गर्नु होला मलाई म भित्रको ‘पुरानो मोहन बस्नेत’ बन्न बल नपुर्याउनु होला।”

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version