काठमाडौं: एकीकृत समाजवादीमा मा २९९ केन्द्रीय सदस्य र १९ पदाधिकारी रहने भएको छ । असार १६ देखि २० गतेसम्म हुने महाधिवेशन अगाडि पदाधिकारी थप्ने निर्णय गरेको हो ।

बिहीबार आलोकनगरमा बसेको बैठकले यस्तो निर्णय गरेको प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले बताए ।

केन्द्रीय परिषद्ले २९९ केन्द्रीय सदस्य कमिटी र १९ पदाधिकारी रहने विधान पास गरेको उनको भनाइ छ ।

पदाधिकारीमा सम्मानित नेता र वरिष्ठ उपाध्यक्ष थप गरिएको हो । एकीकृत समाजवादीको महाधिवेशनमा झलनाथ खनाल पनि अध्यक्षको दाबेदार हुन भने महासचिव भुसाललाई पनि युवाले अगाडि सारेका छन् । तर केही नेता भने माधव नेपालको विकल्प नभएको बताइरहेका छन् ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version