काठमाडौँ: अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली शैक्षिक प्रमाणपत्रका आधारमा सरकारी जागिर खाएको आरोप लागेका १ हजार ५ सय कर्मचारीमाथि छानबिन गरिरहेको छ।

आयोगका अननुसार निजामती, प्रहरी, संस्थान, शिक्षण संस्था तथा स्थानीय तहमा धेरै कर्मचारीको शैक्षिक प्रमाणपत्र नक्कली भेटिएको छ । गत साउन र भदौमा मात्र आयोगले त्यस्ता २१ कर्मचारीविरुद्ध मुद्दा दायर गरेको छ। थप कर्मचारीमाथि मुद्दा दायर गर्ने तयारि छ।

आघिल्लो आर्थिक वर्षमा ५८ कर्मचारीविरुद्ध आयोगले मुद्दा दायर गरेको थियो। उजुरी परेका आधारमा आयोगले थप कर्मचारीमाथि अनुसन्धान गरिरहेको छ।

जसमध्ये केही व्यक्तिको शैक्षिक प्रमाणपत्र नक्कली भनेर सम्बन्धित शैक्षिक संस्थाबाट जानकारी आएको छ।, यो खबर आजको नयाँ पत्रिकामा छ ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version