काठमाडौँ: नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटार पुगेका छन् । केहीबेर अघिमात्र अध्यक्ष ओली प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका हुन् ।

प्रधानमन्त्री प्रचण्डले बोलाएपछि अध्यक्ष ओली बालुवाटार गएको बताइएको छ । नेपाली कांग्रेस र नेकपा एमालेबिच मध्यरात सत्ता सहकार्यबारे सहमति गरेपछि प्रचण्ड र ओलीबिच भेटवार्ता भएको हो । आजै एमाले मन्त्रीहरूले राजीनामा दिने बताइएको छ ।

यस्तै, प्रधानमन्त्री प्रचण्ड अहिले केहिबेरमा राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्न शितलनिवास पुग्दैछन । भेटमा प्रचण्डले संबैधानिक व्यवस्थाबारे कुरा गर्ने बुझिएको छ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version