काठमाडौँ: नेकपा एमाले बागमती प्रदेश सरकारबाट बाहिरिएको छ । केन्द्रमा बनेको नयाँ समीकरणसँगै सोमबार एमालेका मन्त्रीहरुले मुख्यमन्त्री शालिकराम जम्कट्टेललाई सामुहिक रुपमा राजीनामा बुझाएका हुन् ।

राजीनामा दिनेमा एमाले संसदीय दलका नेता एवम् आर्थिक मामिला तथा योजना मन्त्री जगन्नाथ थपलिया, वन तथा वातावरण मन्त्री केशवप्रसाद पोखरेल, स्वास्थ्य मन्त्री रामेश्वर श्रेष्ठ, खानेपानी ऊर्जा तथा सिँचाइ मन्त्री एकालाल श्रेष्ठ र उद्योग वाणिज्य भूमि तथा प्रशासन मन्त्री प्रकाश श्रेष्ठ छन् ।

एमालेका मन्त्रीको राजीनामासँगै जम्कट्टेल नेतृत्वको प्रदेश सरकार अल्पमतमा परेको छ ।

एमालेका मन्त्रीहरुले केहीदिनअघि नै राजीनामा बुझाउन खोजेको भएपनि मुख्यमन्त्री जम्कट्टेल हेटौँडामा नभएकाले ढिलाइ भएको थियो । एमाले सरकारबाट बाहिरिएसँगै जम्कट्टेलले राजीनामा भने नदिई विश्वासको मतको सामना गर्ने बताइएको छ ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version