काठमाडौँ: काठमाण्डौं महानगरपालिकाले कर नतिर्ने ४४ वटा डान्सबार, दोहोरी र क्लबको नाम सार्वजनिक गरेको छ ।

महानगरपालिकाले मनोरञ्जन कर बुझाउन लिखित, फोन वा मौखिक जानकारी गराएतापनी कर नबुझाउने ४४ वटा डान्सबार, दोहोरी र क्लबको नाम सार्वजनिक गरेको हो ।

महानगरले ४४ कम्पनीलाई ३५ दिन भित्र कर बुझाउन निर्देशन दिएको छ ।

पटक पटक ताकेता गर्दा पनि कर बुझाउन नआएपछि महानगरपालिकाले मंगलाबर सार्वजनिक सूचनामार्फत ३५ दिनभित्र कर बुझाउन आउन आग्रह गरेको हो । उक्त कम्पनीहरुले ३५ दिनभित्र कर नबुझाए आर्थिक ऐन, २०८० को दफा २१ बमोजिम कारबाही गर्ने समेत चेतावनी दिएको छ ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version