काठमाडौँ:राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले महामन्त्री, प्रवक्ता र केन्द्रीय सदस्यबाट मुकुल ढकाललाई पदमुक्त गर्ने निर्णय गरेको छ।

मंगलबार केन्द्रीय कार्यालय च:मतिमा बसेको केन्द्रीय समिति बैठकले ढकाललाई कारबाही गर्ने निर्णय गर्दै उक्त निर्णय चित्त नबुझेमा पुनरावलोकनका लागि ३५ दिनभित्र निवेदन दिनसमेत समय दिएको छ।

पार्टीका सहप्रवक्ता मनिष झाका अनुसार साधारण सदस्य कायमै राखेर महामन्त्री, प्रवक्ता र केन्द्रीय सदस्यबाट ढकाललाई पदमुक्त गर्ने सर्वसम्मत निर्णय भएको छ।

पार्टीबाट पदमुक्त भएपछि ढकालले प्रतिक्रिया दिँदै ‘रवि लामिछाने क्लबबाट निस्कासनमा परेको’ बताएका छन्।

‘रवि लामिछाने क्लबबाट निस्कासित भएको हुँ, रास्वपाभित्र घण्टी बज्न रोकिँदैन, रविको पार्टीबाट राष्ट्रिय स्वतन्त्र पार्टी बनाउने सङ्कल्प रोकिँदैन,’ ढकालले भने।

ढकालले ३९ जिल्लाका नेता तथा कार्यकर्तासँग अन्तर्क्रिया गरी प्रतिवेदन सभापति रवि लामिछानेलाई बुझाएका थिए। उक्त प्रतिवेदन यसअघि बसेको केन्द्रीय कार्यसमिति बैठकमा सहमहामन्त्री कवीन्द्र बुर्लाकोटीले पढेर सुनाएका थिए।

पार्टी अनुशासनबाहिर गएको भन्दै रास्वपाले ढकालमाथि कारबाही गरेको हो।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version