काठमाडौँ: नागढुंगा-मुग्लिङ सडक योजना (पूर्वी खण्ड) गजुरी, धादिडले पृथ्वी राजमार्गको नौबिसे-मलेखु सडक राति ५ घण्टा बन्द हुने सूचना जारी गरेको छ।

पृथ्वी राजमार्गअन्तर्गत नौबिसे -मलेखु सडक खण्डमा पर्ने गणेश खोला, डाङडुङ खोला, खेस्टे खोला र पोखरे खोला पुलहरूको मर्मत गर्नुपर्ने भएकाले सडक प्रयोगकर्तालाई हुन सक्ने जोखिम तथा यातायात आवागमनमा समेत बाधा पर्न जाने देखिएकोले ५ घण्टा बन्द गर्नुपरेको सूचनामा उल्लेख छ।

असार २६ देखि साउन ९ गतेसम्म हरेक राति बेलुका १० बजेदेखि बिहान ३ बजेसम्म सम्पूर्ण सवारी साधनहरूलाई पूर्णरूपमा रोकिने सूचनामा लेखिएको छ।

एम्बुलेन्स र सुरक्षा निकायले प्रयोग गर्ने सवारी साधन मात्र चल्न पाउने भनिएको छ।

सम्पूर्ण सवारी चालकहरूले आफ्नो लेन अनुशासन कायम राख्न र जथाभावी ओभरटेक नगर्नसमेत सूचित गरिएको छ।

वैकल्पिक मार्गको रूपमा गल्छी-विदुर-छहरे-टोखा सडक प्रयोग गर्न सकिने पनि सूचनामा उल्लेख छ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version