काठमाडौँ: युरोपियन कपको पहिलो सेमिफाइनलमा गएराती स्पेनले फ्रान्सलाई २-१ गोल अन्तरले पाखा लगाउंदै फाइनल यात्रा तय गरेको छ ।

म्युनिखको म्युनिख फुटबल एरिनामा भएको पहिलो सेमिफाइनल नेपाली समयअनुसार राति पौने १ बजे सुरु भएको खेलमा खेलको ८ औं मिनेटमै फ्रान्सले लिएको थियो भने त्यसको पहिलो हाफको २१ मिनेटमा स्पेनले बराबरी गोल फर्काएको थियो भने पुनः त्यसको केहि मिनेटमा पुन: स्पेनले दुई गोल गर्दै अग्रता कायम गर्यो। दोश्रो हाफमा कुनै पनि गोल हुन नसकेपनि दुवै टोलिले गोलका अवसरभने निकै बनाएका थिए।

समूह बीमा रहेको स्पनेले समूह चरणमा क्रोएसियालाई ३–०, इटालीलाई १–० र अल्बानियालाई १–० गोल अन्तरले हराउँदै नकआउट चरणमा प्रवेश गरेको थियो। राउन्ड अफ १६ मा जर्जियालाई ४–१ को फराकिलो अन्तरले हराएको स्पेनले क्वार्टरफाइनलमा आयोजक जर्मनीलाई जित्दै अन्तिम चारमा स्थान बनाएको थियो।

क्वार्टरफाइनलमा फ्रान्सले पोर्चुगललाई टाइब्रकेरमा ५–३ गोल अन्तरले हराउँदै स्पेनसँगको भेट पक्का गरेको हो।

समूह डीमा रहेको फ्रान्सले भने समूह चरणमा अस्ट्रियालाई १–० ले हराउँदा नेदरल्यान्ड्ससँग भने गोलरहित बराबरी खेलेको थियो।

समूह चरणको अन्तिम खेलमा पोल्यान्डसँग १–१ को बराबरी खेल्दै अंक बाँडेको फ्रान्सले नकआउट चरणमा बेल्जियमलाई १–० ले मात्र हराएको थियो।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version