काठमाडौँ: आज बिहान त्रिशूली नदीमा दुईवटा बस खस्दा बेपत्ता भएका ५४ जनामध्ये १७ जना यात्रुको नाम खुलेको छ। बेपत्ता हुने एउटा बसमा गाडी धनी पनि रहेका प्रहरीले जनाएको छ।
प्रहरीले सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार आज बिहान दुईवटा वसलाई पहिरोले त्रिशूलीमा खसाउँदा करिब ५४ जना बेपत्ता भएका छन्। यसअघि प्रहरीले करिब ६५ जना त्रिशूलीमा बेपत्ता भएका जनाएको थियो।
नारायणी नदीमा बेपत्ता २ बसका यात्रु खोज्न सशस्त्रको गोताखोर परिचालन (तस्बिर/भिडिओ)
वीरगन्जबाट काठमाडौँ आउँदै गरेको बागमती प्रदेश ०३ ००६ ख १५१६ नम्बरको बस धनी राजेन्द्र केसी पनि त्रिशूलीमा बेपत्ता रहेका जिल्ला प्रहरी कार्यालय चितवनका डीएसपी भेषराज रिजालले जानकारी दिए। वीरगन्ज बसपार्क नजिक घर भएका बस चालक जवाहिर महतो पनि त्रिशूलीमा बेपत्ता छन्।
उक्त बसका धनी, चालक र सहचालक पनि यात्रुसँगै नारायणीमा बेपत्ता भएका हुन्। बेपत्ता हुनेमा कम्तिमा पनि ६ जना भारतीय रहेका रिजालले बताए। यो बसमा करिब २४ जना रहेको अनुमान प्रहरीले गरेको छ।
त्रिशूलीमा खसेकाे अर्काे बसमा झण्डै ३० जना यात्रु सबार हेको अनुमान प्रहरीको छ।
पहिरोसँगै नारायणीमा बेपत्ता २ वटा बसमा कति थिए यात्रु?
नारायणगढ–मुग्लिन सडक खण्डमा पर्ने भरतपुर महानगरपालिका-२९ सिमलतालमा लेदोसहितको पहिरोले एकसाथ दुईवटा बसलाई बगाएर त्रिशूली नदीमा झारेको हो।
चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले अहिले नेपाली सेना र सशस्त्र प्रहरी बलको गोताखोर टोलीले नदीमा बेपत्ताको खोजी थालेका जानकारी दिए।
आज बिहान ३ः३० बजे काठमाडौँबाट रौतहटको गौर जाँदै गरेको गणपति डिलक्स लेखिएको बागमती प्रदेश ०३-०० १ ख २४९५ नम्बरको बस र वीरगन्जबाट काठमाडौँतर्फ आउँदै जाँदै गरेको एञ्जल लेखिएको बागमती प्रदेश ०३-००६ ख १५१६ नम्बरको बस पहिरोले बगाउँदा त्रिशूलीमा खसेका थिए।
यी हुन् नाम खुलेका बेपत्ता १७ यात्रु
