काठमाडौँ । चितवनको भरतपुर महानगरपालिका–२९ स्थित सिमलतालमा पहिरो खस्दा दुई वटा डिलक्स गाडी त्रिशूलीमा खसेका छन् । नारायणगढ–मुग्लिन सडक खण्डको सिमलतालबाट बागमती प्रदेश–०३–००६ ख १५१६ नम्बरको एन्जल डिलक्स र गणपति डिलक्स नदीमा खसेका हुन् ।

एन्जल वीरगन्जबाट काठमाडौँतर्फ र गणपति काठमाडौँबाट रौतहटको गौरतर्फ जाँदै गरेको अवस्थामा दुर्घटना भएको बागमती प्रदेशका डीआईजी विष्णु केसीले बताए ।

एन्जल डिलक्समा २४ जना यात्रु सवार रहेको थाहा भएको छ । प्रहरीका अनुसार टिकट काउन्टरका कर्मचारीले १७ जनाको नाम र ७ जनाको सङ्ख्या मात्रै इन्ट्री गरेर चढाएको भेटिएको छ । हराएका दुवै बस खोज्न सेना, सशस्त्र र प्रहरी परिचालन गरिएको छ ।

एन्जल डिलक्समा सवार यात्रुहरूको सूची यस्तो छ :

१ . अन्सारी जी समेत २ जना (भारत घर)

२. सन्तोष ठाकुर, भारत

३. सुरेन्द्र शाह, भारत

४. आदित मिया, भारत

५. सुनिल शाह, भारत

६. साहनबाज आलम, भारत

७. प्रकाश पटेलसमेत दुई जना (वीरगन्ज–१४ पिपरा)

८. अरबिन्द्र दुवे, ठेगाना नखुलेको ।

९. हरिन्द्र पण्डित, ठेगाना नखुलेको ।

१०. सुजित जीसहित दुई जना (रामनगरी पर्सा)

११. परमानन्द जी, बारा मुसहर्वा

१२. हृदयनारायण राउत समेत ३ जना (पर्सा रंगपुर)

१३. सालिम मिया सहित दुई जना (रघुनाथपुर)

१४. रैजुल आलम समेत दुई जना (पर्सा कटिया)

१५. जवाहिर महतो, वीरगन्ज (बस चालक)

१६. राजेन्द्र केसी, डिलक्स साहु ।

१७. चौधरी थरका सह–चालक ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version