काठमाडौँ: अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि गोली प्रहार भएको छ । गोली लागे पनि उनी सुरक्षित रहेको अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरुले जनाएका छन् ।

उनलाई सुरक्षा टोलीले त्यहाँबाट अस्पताल पुर्‍याएका थिए ।पेन्सीलभानियाको बटलरमा भएको र्‍यालीमा गोली चले पनि पूर्वराष्ट्रपति ट्रम्प सकुशल भएको बताइएको छ । उनको कान र अनुहारमा रगत देखिएको छ ।

पेन्सिलभेनियामा चुनावी र्‍याली गरिरहेका बेला ट्रम्पमाथि गोली प्रहार भएको थियो । प्रत्यक्षदर्शीका अनुसार उनीमाथि करिब ३०० यार्डबाट राइफलबाट गोली हानिएको थियो । त्यसक्रममा गोली चलेका थुप्रै आवाजहरु सुनिएको थियो । राष्ट्रपति जो बाइडेनले घटनाको निन्दा गरेका छन् ।

बाइडेनले अमेरिकामा यस खालको हिंसाका लागि कुनै स्थान नभएको बताउँदै यस्ता घटनाको निन्दा गर्न सम्पूर्ण देश एकताबद्ध हुनुपर्ने बताएका छन् ।एजेन्सी

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version