काठमाडौँ: सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले पदभार ग्रहण गरेका छन्। पदभार ग्रहण गर्दै उनले सरकारले नीति तथा कार्यक्रममा ल्याएको सूचना प्रविधि क्षेत्रको संस्थागत पुनर्संरचना गर्ने विषयमा अध्ययन गर्न समिति बनाउने निर्णय गरेका हुन्।

उनले सूचना प्रविधि सम्बद्ध निकायको संस्थागत पुनर्संरचनाका लागि अध्ययन गरेर अघि बढ्ने उल्लेख गरे।

उनले सञ्चार मन्त्रालयमा आफू लोकप्रियताका लागि नआएको बताए। त्यसकारण बुझेर मात्र बोल्ने उनको भनाइ थियो।

उनले भने, ‘म यहाँ पपुलर हुन आएको होइन। म डेलिभरी गर्न आएको हुँ। मन्त्रालयको कुरा बुझ्न धेरै बाँकी छ, आज ठूलो ठूलो कुरा गर्दिन।’
काठमाडौँ: सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले पदभार ग्रहण गर्नुभएको छ । सोमबार बिहान सञ्चारमन्त्रीको रुपमा राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष शपथ लिनुभएका उहाँले दिउँसो मन्त्रालयमा पुगेर पदभार ग्रहण गर्नुभएको हो ।

नेकपा (एमाले) का नेता पृथ्वी सुब्बा गुरुङ प्रतिनिधि सभा सदस्यतर्फ लमजुङबाट विजयी सांसद हुनुहुन्छ ।

उहाँ गण्डकी प्रदेशको पहिलो मुख्यमन्त्री हुनुहुन्छ । उहाँको जन्म २०१४ साल फागुन २ गते भएको हो। विद्यार्थी जीवनकालदेखि राजनीतिमा प्रवेश गर्नुभएका गुरुङ (२०३७–२०३८) सालमा भएको नेपाल राष्ट्रिय शिक्षक सङ्गठनको आन्दोलनमा दुई पटक हिरासतमा पर्नुभयो ।

२०३८ सालमा एमाले इलाका पार्टी सङ्गठन कमिटीको तर्फबाट ज्याला वृद्धिका लागि किसान आन्दोलन, २०४५ सालमा नेकपा (माले) द्वारा सञ्चालित पञ्चायतविरोधी सङ्घर्ष, २०४७ सालमा भएको माले र नेपाली कांग्रेसको संयुक्त बहुदल प्रचार समितिको संयोजकका रुपमा आन्दोलनको नेतृत्व गर्नुभएको छ ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version