काठमाडौँ: विपतमा बेपत्ता भएका व्यक्तिका परिवारलाई राहत उपलब्ध गराउने सरकारले निर्णय गरेको छ।

सोमबार बसेको नयाँ सरकारको पहिलो मन्त्रिपरिषद बैठकले उक्त निर्णय गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरूङले जानकारी दिए।

विपतमा बेपत्ता भई १० दिनसम्म पनि फेला नभएका व्यक्तिहरूलाई मृतकसरह राहत उपलब्ध गराउने निर्णय भएको उनले बताए।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version