काठमाडौँ: मन्त्रिपरिषदकाे बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख राजनीतिक सल्लाहकारमा विष्णु रिमाल र आर्थिक सल्लाहकारमा डा. युवराज खतिवडा नियुक्त गरेकाे छ। बिहीबार बसेको मन्त्रिपरिषद बैठकले यी दुई नियुक्ति गर्ने निर्णय गरेको हाे।

यसअघि पनि ओली प्रधानमन्त्री हुँदा नै नेकपा एमालेका उपमहासचिव रिमाल प्रमुख राजनीतिक सल्लाहकार भएका थिए ।

यसैगरी, प्रधानमन्त्रीका आर्थिक सल्लाहकार डा. खतिवडा २०७४ सालमा ओलीकै मन्त्रिपरिषदमा अर्थमन्त्री नियुक्त भएका थिए । त्यसपछि, उनी राष्ट्रिय सभा सदस्यबाट पदमुक्त भएका थिए । जसपश्चात केही समय प्रधानमन्त्रीको आर्थिक सल्लाहकारको रूपमा खतिवडाले जिम्मेवारी सम्हालेका थिए ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version