काठमाडौँ महानगरपालिकास्थित न्युरोडमा थालिएको फुटपाथ विस्तारमा स्थानीय र व्यवसायीले अवरोध गरेका छन्। उच्च अदालत पाटनले न्यूरोडमा फुटपाथ विस्तार गर्न बाटो खोलिदिएपछि महानगरले बुधबारदेखि विस्तारको काम सुरु गरेको थियो।

तर, फुटपाथ बढाउन नहुने उनीहरूको माग थियो। न्युुरोडमा अहिले ठूलो संख्यामा नगर प्रहरी र नेपाल प्रहरी परिचालन गरिएको छ।

बिहानैदेखि स्थानीय र व्यवसायीहरूले विरोध प्रदर्शन थालेका हुन्।

यसअघि पनि न्युरोडमा पार्किङ खाली गराएर सडक विस्तारको काम भएको थियो। त्यतिबेला पनि स्थानीयले अवरोध गरेपछि अवस्था तनावपूर्ण बनेको थियो।

सडठक डिभिजन काठमाडौँले अनुमति नलिइ काम गरेको भन्दै फुटपाथ विस्तार रोकेको थियो। महानगरले फुटपाथका लागि काटेको सडकमा सडक डिभिजनले पुनः पिच गरेपछि उक्त विवाद अदालतसम्म पुगेको थियो।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version